२०७७ साल साउन २६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसबाट १४८५ को मृत्यु, २७ देशमा संक्रमण

रेडियो नेपाल २०७६ फागुन २ गते १३:५८

कोरोना भाइरसबाट १४८५ को मृत्यु, २७ देशमा संक्रमणहङकङमा शुक्रबार कोरोना भाइरसबाट बच्न मास्क लगाएका एक व्यक्ति भ्यालेन्टाइन डेका लागि फूल किन्दै । एएफपी

बेइजिङ– चीनको हुपई प्रान्तमा फैलिएको कोरोना भाइरस संक्रमणबाट १४८५ को मृत्यु भएको छ।

हुपेईमा बिहीबार मात्र ११६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। विश्वभर झन्डै ६५ हजारमा संक्रमण भएको छ। संक्रमणबाट एक जना हङकङ, एक जना फिलिपिन्स र एक जना जापानमा तथा बाँकी सबै चीनमा निधन भएको हो।

हुपेईमात्र ३६७१९ को उपचार भइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यसमध्ये १६८५ को अवस्था गम्भीर छ।

अहिलेसम्म ४१३१ जना उपचारपछि घर फर्किएका छन्। चीनबाहेक अन्य २६ देशका ५८५ मा यो भाइरस संक्रमण पुष्टि भएको छ।

चीनबाहेक अन्य देशमा कहाँ कति स‌ंक्रमित?

देश संक्रमित मृत्यु
अस्ट्रेलिया १५
बेल्जियम
क्याम्बोडिया
क्यानडा
फिनल्यान्ड
फ्रान्स ११
जर्मनी १६
हङकङ ५३
भारत
इटाली
जापान ३१
मकाओ १०
मलेसिया १९
नेपाल
फिलिपिन्स
रुस
सिंगापुर ५८
दक्षिण कोरिया २८
स्पेन
श्रीलंका
स्विडेन
थाइल्यान्ड ३३
संयुक्त अरब इमिरेट्स
बेलायत
अमेरिका १५
भियतनाम १६