तपाईँ सुन्दै हुनुहुन्छः

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधीसभाको आजको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधीसभाको आज बसेको बैठकले राष्ट्रिय सभाका सांसद स्वर्गीय दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

२०७४ सालको निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित दुर्गाप्रसाद उपाध्यायको ५१ बर्षको उमेरमा आज क्यान्सर रोगको उपचारको क्रममा निधन भएको हो ।

शोक प्रस्ताव पारित गर्दै आजको बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । प्रतिनिधीसभाको अर्को बैठक भोली बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button