तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा र चेक गणतन्त्रका राजदुत बीच भेटवार्ता

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चेक गणतन्त्रका गैर आवासीय राजदूत मिलन होभोर्काबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहयोगलगाएतका बिषयमा छलफल भएको छ ।

भेटमा सभामुख सापकोटाले आफुहरुको भेट औपचारिक भेट मात्र नभएर नेपालले लिएको समृद्ध नेपाल सुखी नेपालको ध्येय पुरा गर्न कोसेढुंगा सावित हुने बिश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले २०७२ सालमा गएको बिनासकारी भूकम्पका बेला चेक गणतन्त्र सरकारले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै त्यसले दुई देशबीचको सम्बन्धलाई थप गाढा बनाएको बताउनुभयो ।

सभामुख सापकोटाले युरोपियन युनियनको सक्रिय र महत्वपुर्ण सदस्यका रुपमा रहेको चेक गणतन्त्रले नेपाली हवाई उडानमाथि आईकाओले लगाएतको प्रतिबन्ध फुकुवाका लागि पहल गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदुत मिलनले सभामुख सापकोटालाई चेक गणतन्त्रको भ्रमणको निम्तो दिनुभएको छ ।

राजदुत मिलनले चेक गणतन्त्रको सहयोगमा नेपालमा खानेपानी, सरसफाई, सौर्य उर्जा लगाएतका क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिंदै पर्यटन विकासका लागि पनि सहकार्य गर्ने बिश्वास दिलाउनुभयो ।

राजदुत मिलनले दुईदेशबीच आर्थिक सहयोगका लागि संरचना भएपनि सदुपयोग गर्न नसकिएको बताउँदै यो बर्ष त्यस सम्बन्धी काम पनि अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button