तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल कारोवारमा वैद्यता कायम गर्न सूचना प्रविधि बिधेयक आवश्यक : मन्त्री बाँस्कोटा

 

काठमाडौँ । सरकारका  प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले डिजिटल कारोवारमा बैद्यताका कायम गर्न सूचना प्रविधि बिधेयक आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल कम्यूटर एसोेशिएशन (क्यान)को २६औं संस्करणको क्यान इन्फोटेक २०७६को उद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले डिजिटल अपराधको न्यूनिकरण गर्न र कारोवारमा पार्दर्शीता कामय गर्न सूचना प्रविधि विधेयक ल्याईएको स्पस्ट पार्नुभयो ।

उहाँले कसैलाई पनि पुर्वाग्रह राखेर कानून नबनाईको भन्नुहुँदै जरिवानाको र सजायको व्यवस्था कम गर्न सकिने जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुहुँदै नेशनल नलेज पार्क(राष्ट्रिय ज्ञान उद्यान )को डिजाईन गेरर ल्याउन नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।

नेपाल कम्यूटर एसोशिएशन(क्यान)का अध्यक्ष नवराज कुंवरले सूचना प्रविधि क्षेत्रको बिकास, बिस्तार र प्रवद्र्धन प्रदर्शनीको मुख्य उद्देश्य रहेको भन्नुहुँदै प्रदर्शनीमा स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

फागुन ७ गतेसम्म चल्ने प्रदर्शनीमा सयभन्दा बढी स्टल रहेका छन् भने स्टार्टअप आईडिया तथा प्रजेक्ट प्रतिस्पर्धा र जुनिअर इभेन्टरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रस्पिर्धा समेत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button