तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख प्रजाति सालकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

हेटौंडा–१७ चुच्चेखोला सामुदायिक वनस्थित शालक पार्कमा सालक संरक्षणकालागि आजदेखि सुरु भएको १००८ स्वर्णिम श्रीमद भागवत भक्ति सत्यम अनुष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेल लोपोन्मुख प्रजातिको संरक्षण गर्न सकेकमा उक्त क्षेत्र विश्वव्यापि रुपमा महत्वको विषय बन्नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको भन्दै केही वर्ष भित्रै सो क्षेत्र प्रमुख पर्यटकिय गन्त्व्यका रुपमा परिचित हुने बताउनुभयो ।

मकवानपुर गढी दरवार जाने बाटो पर्ने तथा प्रदेशको राजधानी नजिक भएका कारण पनि यसको बिकास चाँडै हुने उहाँले बताउनुभएको छ । प्रदेशको राजधानिको सालक पार्कको आफैमा महत्व रहेको भन्दै मुख्यमन्त्री पौडेलले सालक पार्कको क्षेत्र बिस्तार गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सालक संरक्षणमा सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली धर्म संस्कृतिले हाम्रो पहिचानलाई बचाईरहेकोले यसको पनि संरक्षण गर्नु पर्ने बताउनुभयो । धर्मका नामा विखण्डन पैदा गर्ने काम भने कसैले गर्न नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो–“हाम्रो धर्म संस्कृतिको नाममा आडम्वर देखायर समाजमा विखण्डनता पैदा गर्ने तत्त्वलाई वहिस्कार गर्नुपर्छ” । समाजमा अनुशासित ढंगले जिउन हाम्रो धर्म संस्कृतिले सहयोग गर्ने हुने संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चुच्चेखोला सामुदायिक बनका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक अर्जुन दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा १७ नम्बर वडा अध्यक्ष भैरव बहादुर राईलगायतको अतिथ्यता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button