तपाईँ सुन्दै हुनुहुन्छः

कृष्ण सामुदायिक वनको कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

फाइल तस्बिर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको कृष्ण सामुदायिक वनमा अज्ञात समुहले आगजनी गरेको छ ।

कृष्ण सामुदायिक वनका अध्यक्ष दानबहादुर बोहराका अनुसार कार्यालयको ताला तोडेर आगजनी गरिएको छ भने आगजनीबाट कार्यालयमा रहेका कुर्सी डिजे सेट, ईलेक्ट्रोनिक समान, साउण्ड टेण्ट लगायतका सामान जलेर नष्ट भएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिले समेत आगजनीको भत्र्सना गरेका छन् । त्यस्तै, उपभोक्ताहरुले समेत सार्वजनिक क्षेत्रमा आगजनी गर्ने समुह, व्यक्तिको पहिचान गरेर दोषी माथि कारवाहीको माग गरेका छन् । आगजनी कसले, किन गरेको भन्ने बिषयमा छानबिन भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button