तपाईँ सुन्दै हुनुहुन्छः

सावित्रा भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको उपाधि जितेकी छिन् ।

च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् ।

सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले १ लाख भारतीय रुपैया प्राप्त गरिन् ।

बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दा सावित्राले निर्णायक गोल गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button