तपाईँ सुन्दै हुनुहुन्छः

क्यान इन्फोटेक भृकुटीमण्डपमा शुरु

काठमाडौं । कम्युटर, ल्यापटप र सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धीत सामाग्रीहरुको मेला ‘क्यान इन्फोटेक, शुक्रबारबाट काठमाडौको भृकुटीमण्डपमा शुरु भएको छ ।

कम्युटर, एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला छ दिनसम्म सञ्चालन हुनेछ । मेलामा १८६ वटा व्यासायिक स्टल रहेको क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिनुभयो ।

यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेशन एक्स्पोजर रहेको छ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्न सक्नेछन । त्यसका लागि मेलाको क्रममा छुट्टै कक्षको व्यवस्था गरिएको छ ।

रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता त्यस क्रममा आयोजना गरिनेछ । विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएका छन् ।

मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ, मोबाइल फोन तथा सोलुुशन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button