तपाईँ सुन्दै हुनुहुन्छः

चितवन र नवलपरासीमा औद्योगिक गणना एवं सर्वेक्षण हुने

भरतपुर । तथ्यांक कार्यालय, भरतपुरले चितवन र नवलपरासीमा फागुनको दोस्रो साताबाट औद्योगिक गणना एवं सर्वेक्षण गर्ने भएको छ ।

सरकारलाई उद्योगहरुको अवस्थाका बारेमा एकिन तथ्यांक दिएर नीति निर्माण एवं योजना तर्जुमा गर्न सहयोग पुरयाउने उद्ध्ेश्यले औद्योगिक गणना शुरु गर्न लागिएको हो ।

शुक्रबार कार्यालयले भरतपुरमा जिल्ला स्तरीय राष्ट्रिय औद्योगिक सर्वेक्षण बिषयक सचेतना गोष्ठीको आयोजना गरी जानकारीका साथै सुझाव समेत संकलन गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीले औद्योगिक गणना आर्थिक विकासको मेरुदण्ड भएकोले देशभर औद्योगिक गणना तथा सर्वेक्षण गर्न लागिएको जानकारी दिनुभयो ।

यसपटक चारवटा क्षेत्र छुट्याएर गणना एवं सर्वेक्षण गरिने भएको छ । उत्पादनमुलक उद्योगहरुको हकमा ठूला उद्योगहरुको गणना र साना उद्योगहरुको सर्वेक्षण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button