२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

हाइटीको अनाथाश्रममा आगलागी १५ बालबालिकाको मृत्यु

रेडियो नेपाल २०७६ फागुन ३ गते ८:२९

ऐजेन्सी । हाइटीमा एक अमेरिकी धार्मिक समूहद्वारा संचालित एक अनाथाश्रममा आगलागी हुँदा कम्तिमा १५ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।

आगलागीका कारण पत्ता नलागे पनि उक्त अनाथाश्रमका एक बालकले बिजुली बत्ती नहुँदा आफुहरुले मैनबत्ती प्रयोग गरेको बताएका थिए ।

६० जना बालबालिका राखिएको उक्त अनाथाश्रमसंग संचालन अनुमतिपत्र नभएको हाइटी सरकारले बताएको छ ।

सन् २०१०को भूकम्प पछि हाइटीमा धेरै अनाथाश्रमहरु खुलेका र अधिकांश अनाथाश्रमहरु अनुमतिपत्र बिनानै संचालन भएका अन्तराष्ट्रि«य समाचार समिति रोइटर्स जनाएको छ ।

सम्बन्धित