तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा आज शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुशार शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आज आफ्नो नेतृत्वको सरकार गठन भएको दुई वर्ष पूरा भएकोले यस अवधिमा सरकारले गरेका कामहरु र प्राप्त उपलब्धि तथा समसामयिक विषयमा सदनलाई जानकारी गराउनुहुनेछ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button