तपाईँ सुन्दै हुनुहुन्छः

गरिबी निवारण मात्रै होइन, उन्मूलन नै गर्ने गरी सरकार अगाडी बढिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार देशबाट गरिबी निवारण मात्रै होइन, उन्मूलन नै गर्नेगरी अगाडी बढिरहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको अजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुदै प्रधानमन्त्री ओलीले सरकारमा बसेका वा बिपक्षमा रहेका सबैको दायित्व नयाँ राज्यसत्तालाई सुदृढ गर्नु भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेको सन्दर्भमा प्रतिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुदै सरकारले अहिलेसम्म प्राप्त गरेका उपलब्धी र प्रगतीको बारेका बैठकलाई जानकारी गराउनु भएको छ ।

प्रधामन्त्री ओलीले संघीयता कार्यान्वयन, विकास र समृद्धिका लागि सरकारले गत वर्ष आधार खडा गरेको र यस वर्षबाट उपलब्धी हासिल गर्न शुरु गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा वित्तिय संघीयता कार्यान्वयनमा आएको, कर्मचारी समायोजन पुरा भएको र संघीयता कार्यान्वयनको दिशातर्फ अगाडी बढेको बताउनुभयो ।

उहाँले स्थिर र पुरा अवधीको सरकारले मात्र तत्कालीन, दिर्घकालीन र महत्वपूर्ण कामको थालनी गर्न सक्छ भन्ने कुरा वर्तमान सरकारले देखाएको समेत बताउनुभयो ।

हासलम्म ५५ नयाँ कानुन निर्माण, २०१ ऐन संशोधन र १३ ऐन खारेज गरेको, मौलिक हक कार्यान्वयनमा आएको र लोकतन्त्र विस्तार भएको बताउदै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई न्याय समानता प्राप्त गर्न सक्ने बास्तविक लोकतन्त्र स्थापनाका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशले अहिले उच्च आर्थिक बृद्धिदर हासिल गरिरेहका विश्वका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश भएको भन्दै गत तीन वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धिदर हासिल भैरहेको पनि सम्बोधनका क्रममा सदनलाई जानकारी दिनुभयो ।

उहाँले विगत तीन बर्ष यताको आर्थिक बृद्धिदर हेर्दा कुनै पनि प्रदेशमा ६ प्रतिशतभन्दा न्यून नरहेको जानकारी दिदै २ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १८ प्रतिशत भन्दा माथि बढेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बहुचर्चित ललित निवासको जग्गामा भएको अनियमितता टोली बनाएर छानवीन गरेको र सार्वजनिक जग्गा फिर्ता ल्याउन पनि सरकारले विशेष पहल गरिरहेको भन्दै सवै सार्वजनिक जग्गा फिर्ता ल्याउन निश्पक्ष छानवीन गर्ने बताउनुभयो ।

आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिन आफु प्रतिबद्ध रहेको बताउदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर कार्वाही हुन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगत दुई बर्षयता जाडो वा शीतलहरबाट कसैले पनि ज्यान गुमाउनु नपरेको भन्दै यो उपलब्धि अङ्कका साथसाथै अनुभूति पनि भएको प्रसट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले ४० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तोकिएको समय भित्रै पुनःनिर्माण गरी जुनसुकै विमान पनि उड्न र बस्न सक्नेगरी विमानस्थल व्यवस्थित गरिएको, र देशका धेरै ठाउँमा एयरपोर्टहरुको विकास र विस्तार गरिएको बताउनुभयो ।

उहाँले विगत २४ बर्षदेखि चर्चामा मात्रै रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, शिल्यान्यास गरेको १७ महिनामै सम्पन्न भएको, सबै नेपालीको टेलिफोन सेवामा पहुँच पुगेको, ६६ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा पुगेको र सबै जिल्लामा फोर–जी सेवा पुगेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुनर्निर्माण अन्तर्गत गत २ वर्षमा ३ लाख ७४ हजार निजी घरको निर्माण सम्पन्न भएको, ३०० भन्दा बढी सरकारी भवन, दुई हजार ६०० भन्दा बढी विद्यालय भवनहरु र तीन सय २५ पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भैसकेको समेत जानकारी गराउनुभयो ।

उहाँले १५ जिल्लामा लागू भएको स्वास्थ्य विमा कार्यक्रम अहिले ४९ जिल्लाका २६ लाख १७ हजार छ सय ७५ जना लाभान्वित हुनेगरी विस्तार भएको र अस्पतालहरुमा नौ हजार शैय्या उपलब्ध गराईको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियामा नेपाल यसै अवधिमा पहिलो खुला दिसामुक्त मुलुक घोषणा भएको, शतप्रतिशत जनसंख्यामा आधारभूतस्तरको सरसफाईको पहुँच पुगेको र ८९ प्रतिशत जनसंख्यामा आधारभूतस्तरको खानेपानीमा पहुँच पुगेको समेत बताउनुभयो ।

उहाँले दुई वर्षमा तराई मधेसका २० जिल्लाहरुमा ४ सय ११ किलोमिटर ढल निर्माण गरिएको, काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न बन्चरे डाँडामा आधुनिक प्रविधियुक्त स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको पहिलो चरणको काम आगामी चैतभित्र सम्पन्न हुने गरी काम भैरहेको पनि बैठकमा गराउनुभयो ।

उहाँले सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढेको बताउदै अहिले विभिन्न आठ प्रकारका सामाजिक सहायताका कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, रक्सौल–काठमाडौं र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सरकारका ‘ड्रिम प्रोजेक्ट’ भएको बताउदै यसै आर्थिक बर्षभित्र जयनगरदेखि बिजलपुरासम्म नेपालको आफ्नै रेल संचालन हुनेगरी काम भइरहेको बताउनुभयो ।

उहाँले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सक्नेगरी कामलाई अघि बढाइएको बताउदै मेलम्ची, तामाकोशी लगायतका अयोजना यसै आर्थिक बर्षमा सक्नेगरी काम भैरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सिमा विवादको विषयमा राष्ट्र एक ठाउँमा भैसकेको अवस्थामा अव भारतसँग वार्ताको माध्यमबाट समस्या समाधान गरी अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन सरकार दृढताका साथ लागेको बताउनुभयो ।

प्रभानमन्त्री ओलीले लामो छलफल र बहसपछी सत्य निरुपण तथा मेलमिलाप आयोग बनेकाले अव संक्रमणकालीन न्यायको काम निश्कर्षमा पुग्ने बताउनुभयो ।

चिनमा फैलिएको केरोना भाइरसका कारण पछिल्लो समस्या उत्पन्न भएको भएपनि चिनलेमा कोरोना भइरस फैलन नदिन गरेकोे प्रयास प्रशंशा समेत गर्नुभयो । उहाँले आजसम्म नेपालमा कोरोना भाइरस नभेटिएको जानकारी गराउदै आजै चिनमा रहेका नेपाली बिद्याथीहरुलाई पनि सुरक्षीत र व्यवस्थीत रुपमा नेपाल फर्काउन लागिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button