तपाईँ सुन्दै हुनुहुन्छः

हतियारसहित हिडिरहेका तीन युवक पक्राउ

टीकापुर कैलाली । कैलाली प्रहरीले हतियारसहित मध्यरातमा हिडिरहेका तिन जना युवकलाई पक्राउ गरेको छ ।

गएराती १२ः०० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दगोरिया गाउपालिका ४ मुढा बजारमा हतियारसहित हिडिरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका – १० का २१ वर्षीय नारायण चौधरी, १९ वर्षीय दिपक चौधरी र १४ वर्षीय रंजित चौधरी रहेका प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुका साथबाट एक थान खुकुरी र तिखो फलामको रड फेला पारेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई जनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुखड पठाईएको एक जना नावालक भएकाले परिवारको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यलय सडकपुर बौनियाका हवल्दार पर्यागराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button