तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले छोटो समयमा जनताको मन जित्न सफल भएको छ : प्रदेश प्रमुख अधिकारी प्यासी

बिराटनगर । प्रदेश न १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताउनुभएको छ ।

बिराटनगरस्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज बिहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले शािन्त सुरक्षा, बिकास निमार्ण, सुशासन तथा समृद्धि कायम गर्न प्रदेश सरकार सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सरकारले आफ्नो कामकार्वाहीलाई प्रभावकारी रुपमा अगाडी बढाउदै जानुपर्नेमा जोड दिनुभयो ।

प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले सिमित स्रोत साधनका बाबजुद पनि प्रदेश सरकारको दुईबर्षे कार्यकाल उल्लेखनीय र परिणाममुखी भएको बताउनुभयो ।

उहाँले शुन्यबाट काम शुरु गरेको प्रदेश सरकारले कानुन निमार्णदेखि जनताको न्युनतम आकांक्षा पुरा गर्दै बिकास निमार्णको कामलाईसमेत गति दिन सफल भएको बताउनुभयो ।

प्र्रादेशिक संरचना व्यवस्थित गर्दै प्रदेश न १ मा स्वदेशी तथा बिदेश लगानी भित्राउन प्रदेश सरकार सफल भएको र आगामी बैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजनगर्न लागेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले २७ किलोमिटर कालोपत्रे, एक सय २९ किलोमिटर ग्य्राविल, १० वटा ठुला–ठुला मोटरेवल पुल, १५ वटा झुलुंगेपुल तथा एक सय १० वटा खानेपानी योजना प्रदेशमाा सम्पन्न गर्नुुका साथै जनता आवास कार्यक्रम अन्र्तगत एक सय ७१ वटा पक्कि घरहरु समेत निमार्ण गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख सचिव दिनेश भटराईले प्रदेश सरकारले गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो ।

२०७४ साल फागुन ३ गते प्रदेश सरकार गठन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button