तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

अत्तरिया । मोटरसाइकल दुर्घटनामा परि कैलालीमा गए राती एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका –२ तेघरीमा मोटरसाइकल दुर्घटना हुँदा धनगढीका पदम निधी पण्डितको ज्यान गएको हो ।

अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको से ७प ४०७९ नम्बर को मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका ३ का कमल जोशीलाई थप उपचारको लागि भारतको हल्द्वानी रेफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button