तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

पाल्पा । पाल्पामा प्रहरीले जुवाको खालबाट १४ जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका–५, रानाटोलबाट स्थानीय रुद्रकुमार श्रेष्ठको घरबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट आठ बुक तास र एक लाख तीन हजार दुई सय ८५ रुपियाँ रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई पक्राउ गरी जिल्ला सदरमुकाम तानसेन ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button