तपाईँ सुन्दै हुनुहुन्छः

प्रमाण दोस्रो संशोधन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रमाण दोस्रो संशोधन विधेयक २०७६ पारित गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रमाण दोस्रो संशोधन विधेयक बैठकको सर्वसम्मतीले पारित गरेको हो ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते मंगलाबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button