तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को मृत्यु  

बामाको – मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ ।

ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो ।
गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो । सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button