तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा सीमा पार गर्ने तीन हजार भन्दा बढी मेक्सिकोको जेलमा 

मेक्सिको  –  मेक्सिकोको सीमा पार गर्ने तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ ।

मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८० जना नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ ।

ती नागरिक मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट सीमा पार गरेर ग्वाटेमाला जाने तयारीमा रहेका थिए । मेक्सिकाली आप्रवासन कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको बताइएको छ ।

यसअघि ‘२०२० क्याराभान’ नामबाट होन्डुरसतर्फ जाने कार्यक्रम रहेको र सोही बमोजिम सयौँ व्यक्ति त्यसतर्फ छिरेका थिए । तर पनि मेक्सिकाली सरकारले त्यो अभियानमा उनीहरुमात्र नरहेको भन्दै दक्षिणी सीमाबाट पार गरिरहेका नागरिकलाई नियन्त्रणमा लिएको शुक्रबार जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button