तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारका दुई वर्ष :बिकासका लागि हातेमालो गरेर अगाडि बढ्छौं

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले न्यून स्रोत साधनका बाबजुद प्रदेश सरकारले बिकासका लागि जनअपेक्षा अनुरुप प्रयासहरु सकारात्मक भएको बताउनु भएको छ ।

कर्णाली प्रदेशको दोस्रो वार्षिकोत्सव समारोहलाई शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले सबैभन्दा कान्छो प्रदेशको रुपमा स्थापित कर्णाली प्रदेशले आफ्नो नाम र राजधानी तोक्न सफल भएजस्तै बिकास निर्माणमा जनअपेक्षा अनुरुप निरन्तर लाग्न सुझाव दिनुभयो ।

त्यस्तै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आफ्ना नयाँ संरचना तयार गर्दै प्रदेश सरकारले तादाम्यतताका साथ जनताका अपेक्षाहरु पुरा गर्न अब उत्साहपूर्ण तरिकाले अघि बढ्न आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौगोलिक बिकटतासँगै न्यून स्रोतसाधनले पुर्नसंरचना तयार गर्दै जनअपेक्षा अनुरुप बिकास निर्माणका कार्यहरुमा केही ढिलाई भएपनि अब तीव्र पारिने बताउनुभयो ।

उहाँले सबै क्षेत्रको समन्वयमा कर्णालीको बिकासका लागि हातेमालो गरेर अगाडि बढिने उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो दुई वर्षमा प्रदेश सरकारले थुप्रै संरचना निर्माणका आधारभूत कामहरु गरेको छ ।

त्यस्तै कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बिभिन्न समस्या देखाएर अल्मलिनुभन्दा बिभिन्न निकायसँग समन्वय गरेर पूँजीगत खर्च बढाएर जनताका तत्कालिन अपेक्षाहरु पुरा गर्न तर्फ प्रदेश सरकार जुट्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button