तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा बस र हाईस ठोकिदा सात घाईते

डडेल्धुरा । डडेल्धुरामा बस र हाईस ठोक्किँदा सातजना घाइते भएका छन । आज दिउँसो धनगढीबाट अछामतर्फ गइरहेको ना ६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढीतर्फ आइरहेको ना से १ख १७३६ नम्बरको हाइस डडेल्धुराको साहुखकमा एकआपसमा ठोकिदा दुबैतर्फका सातजना घाईते भएका हुन ।

डडेल्धुराको साहुखर्कमा भएको उक्त दुर्घटनामा हाइस चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घाईतेभएका सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा डोटी जिल्ला पर्वीचौकी गाउपालिकाका ३१ बर्षिय बिरेन्द्र उपाध्याय,सिखर नगरपालिका वडा नं. ३ का ३४ बर्षिया अमृता घिमिरे, डडेल्धुरा जिल्लाको नबदुर्गा गाउपालिका ३ का ३६ बर्षिया बिक्रम बिक, दिपायल सिलगढी नगरपालिका वडा नं.४ का रतनबहादुर बिष्ट, कैलालीको फुलबारीका, चन्द्रकुमारी पोखरेल र हाईस चालक बीरबहादुर ऐरको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाईतेहरुको उपचार भईरहेको र सबै खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको र दुबै सवारी साधनका चालकहरु प्रहरीको नियन्त्ररणमा रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button