तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीे नदीमा बग्दै गरेका एक बालकको उद्दार

पर्वत । कालीगण्डकीे नदीमा बग्दै गरेका एक बालकलाई आज प्रहरीले उद्धार गरेको छ ।

पर्वतको जलजला गाउँपालिका २ बेनीका ९ वर्षिया शिशिर छन्त्याल नदी किनारमा खेल्दाखेल्दै बगेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

नदी किनारमा महोत्सव हेर्न आएका छन्त्याल साथीहरुसँग नदी किनारमा खेल्दाखेल्दै खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

बालकको हात खुट्टामा सामान्य चोटपटक लागेको बेनी अस्पतालमा उपचार भईरहेको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button