तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले समाजवादउन्मुख काम गरेको छ : वरिष्ठ नेता खनाल  

फाइल तस्बिर

 चौतारा –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालै सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाउनुभयो । “सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्शा प्रकाशित गर्न जरुरी रहेको छ । ” वरिष्ठ नेता खनालले भन्नुभयो ।

सरकारले समाजवादउन्मुख काम गरेको , सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दल पछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गर्नुभयो । हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उहाँले जनाउनुभयो ।

कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष जेवी विकले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button