२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सुन्ने मात्र हैन देखिने अवस्थामा पुगेको छ : मुख्यमन्त्री पोखरेल

रेडियो नेपाल २०७६ फागुन ३ गते १९:३३

बुटवल – मुख्यमन्त्री शङ्कर पोखरेलले थुप्रै चुनौतीको सामना गर्दै प्रदेश योजनाबद्ध विकासको यात्रामा अघि बढेको बताउनुभएको छ । उहाँले आवधिक योजना निर्माण र कानून निर्माणमा प्रदेश नं ५ पहिलो भएको यस प्रदेशको विकास र समृद्धि सबैको साथबाट सम्भव रहेको बताउनुभयो ।

प्रदेश स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री पोखरेलले दुई वर्षमा प्रदेश सरकारले आफ्नो महत्वपूर्ण उपस्थितिको जग स्थापना गरेको बताउनुभयो । उहाँले तीन तहको निर्वाचनपश्चात शून्य संरचनामा स्थापित प्रदेश सरकारले स्थापनाको छोटो समयमै सबैले सुन्ने र देख्ने गरी कार्यान्वयन गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ । जिल्लामा प्रदेश सरकारका मन्त्री र सचिव जाँदा शिलान्यास हैन उद्घाटन गर्ने अवस्थाको सिर्जना भएको छ ।”

उहाँले प्रदेश सरकार अन्तरराष्ट्रिय सम्बन्धको विकासका लागि प्रदेश र प्रदेशअन्तर्गतका विभिन्न स्थानीय तहले मित्रराष्ट्रका विभिन्न प्रान्त र शहरसँग भगिनी सम्बन्ध स्थापना हुनुले अन्तरराष्ट्रियस्तरमा प्रदेश र स्थानीय तह स्थापित हुन सफल भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले पर्यटनको विकास प्रदेशको विकासको एक महत्वपूर्ण क्षेत्र रहको बताउँदै पर्यटनको विकासका लागि सामाजिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विकलगायत क्षेत्रको पहिचान गरी एकीकृत विकासमा सरकारले जोड दिएको छ भन्नुभयो । उहाँले लुम्बिनी र यससँग जोडिएका सम्पदाको विकास, प्रवद्र्धनका लागि प्रदेश सरकारले यस वर्षलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकार जनतालाई स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँचका लागि प्रदेशका स्वास्थ्य संस्थालाई सुदृढ बनाउने कार्यको थालनी भएको बताउनुभयो । मुख्यमन्त्रीले प्रदेश मातहतमा रहेका अस्पताल र उपचार केन्द्रमा आवश्यक जनशक्ति एंव औषधि, उपकरणको नियमित आपूर्तिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताललाई सुदृढ गरी प्रदेशको गौरवको आयोजनाको रुपमा विकास गरिने कार्यको थालनी गरिएको कार्यक्रममा उल्लेख गर्नुभयो ।

समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले तीनै तहका सरकार जनआकांक्षाअनुसार योजनाबद्ध विकासमा लागेको र विकासका कामको नतिजा देखिन थालेको बताउनुभयो ।

प्रदेश स्थापना दिवसका अवसरमा बुटवलको राजमार्ग चौराहाबाट विभिन्न बाजागाजा, झाँकीसहितका ¥यालीले बजार परिक्रमा गरेको थियो । ¥यालीमा विभिन्न जातजाति र समुदायका झाँकी, पञ्चेबाजा, भजन, कृतन, लाखे नाच, मयूर नाचसमेत प्रदर्शन गरिएको थियो ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

९ घन्टा अगाडि रेडियो नेपाल