तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा आयोजित वृहत प्रदर्शनी १३ हजार बढीबाट अवलोकन

 काठमाडौं । नेपाली सेनाले आयोजना गरेको नेपाली सेना इतिहासदेखि वर्तमानसम्म शीर्षकको तीनदिने बृहत् प्रदर्शनी १३ हजार ३ सय ७३ जनाले अवलोकन गरेका छन ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले भद्रकालीस्थित जङ्गी अड्डा परिसरमा यही फागुन १ गतेदेखि आजसम्म आयोजना गरेको प्रदर्शनीमा २३ स्टलहरु राखिएको थियो ।

प्रदर्शनीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास र वर्तमानलाई समेटिएका सामग्री, सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर तथा नेपाली सेनाका हातहतियार, ऐतिहासिक उपकरण, पोशाक, सैन्य सामग्री र विभिन्न जडिवुटीहरु समावेश गरिएको थियो ।

यस किसिमको प्रदर्शनीले नेपाली सेनाका बारेमा आम नागरिक तथा समाजका विभिन्न तह एवं तप्काका व्यक्तिहरुलाई बुझ्न सहज हुने र प्रदर्शनी विद्यार्थी, अनुसन्धानकर्तालगायत सबैलाई ज्ञानवद्र्धक हुने सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button