२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु

रेडियो नेपाल २०७६ फागुन ४ गते ९:५२

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गर्नुभयो । पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिनुभयो । सो अवसरमा बालिकाको स्वास्थ्य जाँच समेत गरिएको थियो । ती मध्ये तीन बालिकामा कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपककुमार मण्डलले जानकारी दिनुभयो ।

बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । आज वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

२ घन्टा अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

२ घन्टा अगाडि रेडियो नेपाल