तपाईँ सुन्दै हुनुहुन्छः

तीनवर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला

मार्तडी : यहाँस्थित गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ ।

दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पु¥याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिनुभयो ।

छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल रु ३१ करोड ४५ लाख ९९ हजार ७५७ रहेको छ ।

सङ्घीय सरकारबाट आएको समानीकरण रु सात करोड १० लाख, ससर्त अनुदान रु १३ करोड २७ लाख २७ हजार, राजश्व बाँडफाँडबाट रु पाँच करोड २९ लाख ६६ हजार ४१६ र विशेष अनुदान रु दुई करोड ९० लाख रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त रकम राजश्व बाँडफाँड रु पाँच लाख दुई हजार, विशेष अनुदान रु ७५ लाख, समानीकरण ६ लाख २५ हजार आन्त्रिक अल्या रु एक करोड ३९ लाख ९९ हजार ३४० रहेको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । हाल माघ मसान्तसम्म चालूतर्फ ३४ प्रतिशत र पूँजीगत तर्फको १३ प्रतिशत बजेट खर्च भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button