तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा लागु औषध सहित पक्राउ परेका २ जना सार्वजनिक


कैलाली : लागु औषध खैरो हिरोईन सहित पक्राउ परेका २ जनालाई ईलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर ९ को खक्रौला सडक खण्डबाट हिजो साझ पक्राउ गरीएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाका २४ वर्षीय चन्द्र बहादुर बुढा रु सोही ठाउका २२ वर्षीय रमेश शाहीलाई आज बिहान सार्वनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले भारतबाट आईरहेको सु.प.प्र.०१–००७प ९२९१ नम्बरको मोटरसाईकल सहित दुई जनालाई हिजो साझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ३० ग्राम नौ सय मिलीग्राम खैरो हिरोईन बरामद गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनु भयो । पक्राउ परेका उनिहरुलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाईएको उहाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button