तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध गाँजासहित भरतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

३३ किलो छ सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले भारत, पश्चिम चम्पारण जिल्ला, वेतिया गौरीकोट बस्ने ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई प्रहरीले आज पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको हो । हेटौडा–१९स्थित पूर्व पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरी तर्फबाट हेटौडातर्फ आउदै गरेको जे एच शुन्य ९ ए ८३६१ नम्बरको भारतीय कारमा सवार यादवले कारको सिटमुनी ३० किलो छ सय ग्राम र एक्स्ट्रा टायर भित्र तीन किलो गरी जम्मा ३३ किलो छ सय ग्राम लागु औषध गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा पक्राउ गरिएको मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक अमर प्रसाद गजमेरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button