तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पाँच लाख राशीको प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

अछाम – अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशकै ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ ।

जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा ठूलो धनराशिको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

साँफेबगरमा पत्रकार सम्मेलन गरी स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतिमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले जानकारी गराउनु भएको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पाँच लाख रुपैँयासहित ट्रफी, मेडल तथा प्रमाण पत्र, दिद्धिय पुरस्कार दुई लाख ५० हजार रुपैँयासहित मेडल तथा प्रमाण पत्र, तृतिय पुरस्कार एक लाख ५० हजार रुपैँयासहित ट्रफि, मेडल तथा प्रमाण पत्र, सान्तवना पुरस्कार ५० हजार रुपैँया सहित मेडल तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

उक्त प्रतियोगतामा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्ला, पालिका, संघसंस्था, कर्मचारी तथा व्यक्तिगत रुपमा टिम दर्ता गर्न पाउने छन् ।

प्रत्येक टिमबाट ११ जना खेलाडी सहभागी गराइने उक्त प्रतियोगितामा कुनै तीन जना खेलाडी प्रदेश भन्दा बाहिरबाट पनि सहभागी गराउन पाउने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क ११ हजार रुपैँया तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button