तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधनको बिकल्प छैन् : अध्यक्ष यादव

फाइल तस्बिर

बिराटनगर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको बिकल्प नभएको बताउनु भएको छ ।

प्रेस नेपाल मोरङले बिराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले सबैको स्वामित्व हुनेगरी संविधान संशोधन तथा परिमार्जन हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधान संशोधनका लागि आफ्नो पार्टीले राखेको शर्त अस्विकार गरेपछि आफू सरकारबाट बाहिरिएको प्रष्ट पार्नुभयो । अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट र त्यपछि पनि संविधान संशोधन नभएर सडकमा जान आफुहरु बाध्य हुने बताउनुभयो । संसदीय संरचना, शासकीय स्वरुप तथा राज्य पुर्न संरचनाका सवालहरुमा संविधान संशोधन हुनुपर्ने उहाँको भनाई थियो ।

एक प्रश्नमा उहाँले अख्तियारले सबै प्रति समान दृष्टिकोण राख्नु आवश्यक रहेको बताउनुभयो । उहाँले जोसुकै व्यक्ति किन नहोस् यदि त्यस्ता व्यक्तिका बिषयमा प्रश्न उठछ् भन्ने पुर्वाग्रही नभएर त्यस विषयमा पनि अख्तियारले छानविन गर्नुपर्छ ।

उहाँले संघियता कार्यान्वयनमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । संघले प्रदेशलाई अधिकार दिएर भएपनि संघियतालाई बलियो बनाउनु पर्ने उहाँको भनाई थियो ।

उहाँले दुई नम्बर प्रदेशमा आप्mनो पार्टी सरकारबाट नबाहिरिने बताउनुभयो । उहाँले समाजवादी पार्टी र राजपा बीचको सहकार्य रहुुन्जेलसम्म दुई नम्बर प्रदेशको सरकारबाट पार्टी नह्टने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button