तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को नामका बिषयमा सहमतिका लागि सर्वदलीय बैठक

जनकपुरधाम –  प्रदेश नंं २ को नामको बिषयमा प्रदेश सभामा सभामुखको अध्यक्षतामा सर्वदलीय बैठक बसेर आज  छलफल गरेको छ ।

प्रदेश नंं २ को राजधानी जनकपुरधाममा राख्ने सर्वदलीय सहमति भएको बेलामा प्रदेश नंं २ को नामको बिषयमा छलफल शुरु भएको छ ।

खास गरेर प्रदेश सरकारमा रहेको समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी नेपाल मधेस प्रदेश राख्ने पक्षमा रहेको भएपनि प्रमुख प्रतिपक्षी दलहरु मधेस प्रदेश अगाडी मिथिला, जानकी थपेर नामाकरण हुनुपर्ने पक्षमा दृढ रहेका छन् ।

दलहरुका बीचमा रहेको विमतीलाई सहमतिमा रुपान्तरण गर्नका लागि प्रदेश सभामुखले बैठकको आह्वाहन गर्नु भएको हो ।

बैठकमा प्रदेश नंं २ का मुख्यमन्त्री तथा समाजवादी पार्टीका संसदीय दलका नेता लालबाबु राउत , राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल, नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेकपाका संसदीय दलका नेता सत्यानारायण मण्डल लगाएतको सहभागीता रहेको छ ।

यसैबीच सर्वदलीय बैठकमा दलहरुका बीचमा प्रदेश नंं २ को नामको बिषयमा छलफल भएपनि नामको बारेमा आज कुनै पनि टुंगो लाग्न नसकेपछि आजको बैठक स्थगित भएको छ ।

अर्को बैठक चाँडै गर्ने प्रदेश नंं २ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button