तपाईँ सुन्दै हुनुहुन्छः

अनौठो परम्परा : सबै दाजुभाइको एउटै श्रीमती

काठमाडौँ । काठमाडौंको राष्ट्रिय सभागृहमा जारी अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको सहायक श्रीमान डकुमेन्ट्री आज प्रदर्शन गरिएको छ ।

सञ्चारकर्मी गणेश पाण्डेको निर्देशन र शारदा गैरेको उत्पादन रहेको सहायक श्रीमान डकुमेन्ट्रीमा कर्णाली प्रदेशको हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई उठाइएको छ । भोटबाट आइ बसोबास गर्ने भोटे जाती अर्थात लामा समुदायमा रहेको अद्भुत र अचम्मित बहुपति प्रथा व्यहोरी रहेका परिवारलाई डकुमेन्ट्रीमा समेट्ने कोसिस गरिएको छ ।

डकुमेन्ट्रीमा देखाइए अनुसार सो क्षेत्रका अधिकांस लामा समुदायमा सबै दाजुभाईले एउटै श्रीमती विवाह गरेता पनि जेठो दाजु बाहेक अन्य भाईहरूले आफ्नो श्रीमतीलाई भाइजु भन्ने चलन छ । तर भाउजुले भने देवरहरूलाई श्रीमानकै रुपमा स्वीकार गर्नुपर्ने हुन्छ । डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ ।

डकुमेनट्रीमा सांसद छक्कबहादुर लामा पनि एक पात्रका रुपमा रहनुभएको छ । सांसद लामा बहुपति प्रथाबाट पीडित हुनुहुन्छ । बहुपति प्रथाको विरोध गरेकै कारण उहाँ समाजबाट बहिष्कृत हुनुभएको छ । प्रेम विवाह गर्नुभएको सांसद लामाको श्रीमती माथि उहाँको भाइहरूले बढी प्रेम गर्न थालेपछि आफू दोस्रो विवाह गरि गाउँबाट सदरमुकाम आएर बस्नुभयो । संस्कृति र परम्परा बिपरित जाँदा उहाँ समाजबाटै बहिष्कृत हुनुपर्यो र अहिलेसम्म पनि गाउँमा जान सक्नुभएको छैन् ।

त्यसो त बहुपति प्रथामा घरको मुली नै श्रीमती हुने फिल्मका निर्देशक पाण्डे बताउनुहुन्छ ।

यस प्रथामा महिलाले नै श्रीमानहरूलाई कामको बाँडफाँड गर्छन् । कामको बाँडफाँड अनुसार कुन समयमा कोसँग आफू बस्ने भन्ने निर्णय पनि उनीहरू आफै गर्छन् र सोही अनुरुप सनतान जन्माउँछन् । यस्तो परम्परा तोडेर जानेहरू सस्कृति र परमपरा बिरोधी मानिने र गाउँबाटै बहिष्कृत हुने हुँदा बाध्यताले पनि त्यस समुदायले बहुपति प्रथाको चलनलाई मान्दै आएका छन् ।

राष्ट्रिय सभागृहमा जारी चाँैथो निफ अन्तराष्ट्रिय चलचित्र महोत्सवमा १० अन्तर्रा्ष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, पाँच नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, आठ वृत्तचित्र र छ एनिमेटेर फिल्म प्रर्दशन गरिने छ ।

महोत्सवमा ५५ देशबाट प्राप्त छ सयभन्दा बढी चलचित्रबाट छनौट गरिएका ८० चलचित्र प्रर्दशन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button