तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेको छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही व्यक्ति भोकै बस्नु नपर्ने बताउनुभएको छ । गृह जिल्ला झापाको दमकमा आयोजित दमक–चिसापानी–रवि कालोपत्रे सडक शिलन्यास समारोहमा बोल्दै उहाँले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै बस्नु नपर्ने बताउनुभएको हो ।

गरिवी निवारणका लागि जनता आवास कार्यक्रम अन्तरर्गत देशभर आठ हजार घर बनाइएको, युवा बिद्यार्थीहरुका लागि प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अर्को प्रसङमा बोल्दै उहाँले सरकारका काम देखेर बिपक्षीको निन्द्रा हराएको बताउनुभयो । आफु प्रधान्मन्त्री भएपछि देशभर तीन् हजार किलोमिटर बाटो कालोपत्रे भएको साथै दुई सय ३५ वटा पुल बनेको भन्दै देशमा बिकासको गति बढेको बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीले आज बहुप्रतिक्षित दमक–चिसापानी–रबि कालोपत्रे सडकको शिलन्यास गर्नुभयो । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमकाबीच शिलन्यास गर्र्नुभएको हो ।

कार्यक्रममा भौतिक पूर्वधार मन्त्री बसन्तकुमार नेम्बाङ्गले सो सडकको तीन खण्डमा काम भईरहेकोे बताउनुभयो ।

आज नै ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक , दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै ओलीले आजै दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना बस्तीको समेत समुदायको चावी हतान्तरण गर्नुभएको छ । सो नमुनाबस्ती दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करिब तीन करोडमा आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button