तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : नेपाली काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रशास शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी दुई वर्षको अवधि सम्म सरकारले प्राप्त अवसरहरूको सदुपयोग गरी जनताको अपेक्षा अनुसार काम गर्न नेसकेको टिप्पणी गर्नुभएको हो ।

प्रवक्ता शर्माले वर्तमान सरकार समक्ष तीनै तहको निर्वाचन सम्पन्न गरी संघीयता कार्यन्वयनमा आए पछिको सहज राजनैतिक वातावरण, सालिन एवं जिम्मेवार प्रतिपक्ष र दुई तिहाईको स्पष्ट बहुमत जस्ता अनुकुल पृष्ठभूमि भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो ।

बर्तमान सरकारले शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, देशको सिमा व्यवस्थापन गर्ने, मूल्य बृद्धि नियन्त्रण गर्ने लगायतका सरकारका न्यूनतम दायित्व समेत पुरा गर्न नसकेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button