तपाईँ सुन्दै हुनुहुन्छः

महानगरपालिकाका ११ क्लबलाई प्रोत्साहन स्वरुप ६० लाख प्रदान

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरका ए, बी, सी डिभिन क्लबका ११ क्लबलाई प्रोत्साहन स्वरुप ६० लाख रुपैयाँ प्रदान गरेको छ ।

ललितपुरले गत वर्षबाट फुटबल विकासमा लागेका क्लबहरुलाई प्रोत्साहन रकम दिन सुरु गरेको हो ।

यसरी प्रोत्साहन रकम पाउने ए डिभजिन क्लबका ५, बी डिभिजनका ४ र सी डिभिजनका २ क्लब छन् ।

थ्री स्टार क्लबले ३ उपाधि र बार्षिक प्रोत्साहन रकम गरी सर्वाधिक १६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै दुई उपाधि जितेको च्यासल क्लबले १२ लाख, एउटा उपाधि जितेको प्रभु बैंक जावलाखेल युथ क्लबले ८ लाख तथा दुई एनआईबिएल फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबले समान ४ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

ललितपुर नगरमा रहेका बी डिभिजनका सातदोबाटो, पुल्चोक, खुमलटार र झम्सिखेलले समान ३ लाख रुपैयाँ प्राप्त गरे । सी डिभिजन क्लब सानेपा र खालीबारीले समान २ लाख रुपैयाँ पाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button