तपाईँ सुन्दै हुनुहुन्छः

हिमालय क्रिकेट लिगको तयारी पुरा

हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजना सोमबारबाट सुरु हुने हिमालय क्रिकेट लिगको सबै तयारी पुरा भएको बताइएको छ ।

यू १९ दुई दिवसिय फम्र्याटको प्रतियोगिता माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने आयोजक हिमालयन स्पोट्सले जनाएको छ ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं क्रिकेट टेनिङ सेन्टर, वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी, वालुवाटार क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी गरी ६ टोलीको सहभागिता रहनेछ ।

विजेता टोलीले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button