तपाईँ सुन्दै हुनुहुन्छः

आर्सनलको पुनरागमन

लन्डन– इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकालेको छ।

आर्सनलको मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा न्युक्यासलमाथि आर्सनलले ४–० को गोलअन्तरले जित निकालेको हो।

लिगमा ६ जित निकालेको आर्सनलले यो सिजन राम्रो प्रदर्शन गरिरहेको छैन। विगतका सिजनमा लिगको शीर्ष ६ भित्र रहने टोलीलाई जारी सिजनमा सो ठाउँ पाउन मुस्किल परेको देखिन्छ। तर, आजको खेलले आर्सनललाई खेलमा फर्कन सहयोग गरेको छ।

खेलमा पियरे एमरिक, निकोलस पेपे, मेसुट ओजिल र अलेक्जेन्डर लकाजेटले गोल गरे।

पहिलो हाफमा गोल हुन नसकेपछि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। पियरेले खेलको ५४ औं मिनेटमा गोल गरे भने पेपे र ओजिलले खलको ५७ औं र अन्तिम मिनेटमा गोल गरे। त्यस्तै, इन्ज्युरी समयमा अलेक्जेन्डरले गोल गरेपछि आर्सनलले ४–०को जित निकालेको हो।

जितसँगै आर्सनल ३४ अंकसहित तालिकाको दसौं स्थानमा छ। उसले ७ खेलमा जित, १३ मा बराबरी खेल्दा ६ मा हार व्यहोरेको छ।

त्यस्तै न्युक्यासल १३ औं स्थानमा छ। उसको ३१ अंक रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button