तपाईँ सुन्दै हुनुहुन्छः

शिवामाया तुम्बाहाम्फे कानूनमन्त्री, आजै शपथग्रहण

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका सांसद शिवमाया तुम्बाहाम्फे कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुहुने भएको छ ।

निवर्तमान उपसभामुख तुम्बाहाम्फेकोे मन्त्रीपदको शपथ ग्रहण आज अपरान्ह साढे ३ बजेलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सभामुख निर्वाचनको क्रममा तात्कालिन उपसभामुख तुम्बाहाम्फेले पदबाट राजीनामा दिनुभएको थियो ।
तुम्बाहाम्फे हाल नेकपाको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button