तपाईँ सुन्दै हुनुहुन्छः

‘कोभिड–१९’ का कारण मर्नेको संख्या १७७० नाघ्यो

काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण मृत्यु हुनेको संख्या १७७० नाघेको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यो संख्या आइतबार रातिसम्मको हो। ७० हजारभन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको बताइएको छ। त्यसैगरी अहिलेसम्म अस्पतालबाट १० हजारभन्दा बढी डिस्चार्ज भइसकेका छन्।

चीनले भने पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण घट्दै गएको दाबी गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button