तपाईँ सुन्दै हुनुहुन्छः

१५ दिने मध्यमा मिथिला परिक्रमाको तयारी शुरु

जनकपुरधाम । प्रत्येक बर्ष फाल्गुण शुक्लपक्ष प्रतिपदाका दिन जनकपुरकाबाट शुरु हुने १५ दिने मध्यमा मिथिला परिक्रमाको तयारी शुरु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट एक दिन अगावै औँसी तिथिका दिन फागुन ११ गते नै डोला उठ्ने परम्परा रहेको मंन्दिरका महन्थले जानकारी दिनु भएको छ ।

जनकपुरधामवाट धनुषाधाम जाने मार्गमा पर्ने मिथिला बिहारी मन्दिर पाँच सय बर्ष पुरानो रहेको छ । मिथिला बिहारी अर्थात भगवान रामको डोला सोही मन्दिरबाट उठ्ने परम्परा निक्कै पुरानो रहेको मन्दिरका महन्थ नरेशशरण दासले जानकारी दिनुभयो ।

मिथिला बिहारी मन्दिरले सबै १५ वटै पडावस्लहरुमा धार्मिक क्याम्प लगाउने तथा निःशुल्क अन्न क्षेत्र घोषणा गरेर खान चाहने साधुसन्त तथा भक्तजनहरुलाई निःशुल्क भोजन गराउने गरेको महन्थ दासले जानकारी दिनुभयो ।

उता मिथिला बिहारी नगरपालिकाले पनि यस पटक बिषेश तयारी गरेको छ । प्रत्येक पडावस्थलहरुमा शिविर लगाउनुका साथै डोला उठ्ने बेलामा हेलिकप्टरवाट पुष्पबृष्टि गराउने तयारी गरेको नगरपालिकाका प्रमुख अनिल कुमार यादवले जानकारी दिनुभयो ।

यसैगरी परिक्रमालाई व्यवस्थित बनाउनका लागि पडावस्थल भएका सबै पालिकाका प्रमुख तथा भारतको बिहारमा पर्ने तीन पडावस्थल जनप्रतिनिधिहरुको सहभागितामा डोलालाई व्यवस्थित गर्नका लागि बैठक गर्न लागेको प्रमुख यादवले बताउनुभयो ।

मिथिला बिहारीको डोला जनकपुरधामको रत्नसागर मंन्दिरमा आएर दिउँसोतिर बिश्राम गरेर भोजन गरी जानकी मन्न्दर हुँदै जनकपुरधामको हनुमान गढीमा डोला पुगेर रात्री बिश्राम गरी भारतको कल्याणेश्वरतर्फ द्वितीया तिथिका दिन प्रस्थान गर्ने चलन रहेको छ ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरी जी अर्थात माता जानकीको डोला उठ्ने गरेको छ । नेपाल भारतको हजारौँ व्यक्तिहरु सहभागी हुने मध्यमा मिथिला परिक्रममा सहभागिहरु नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको दूरी भजन किर्तनसहित तय गर्ने चलन रहेको छ ।

खाली खुट्टा निक्कै श्रद्धाभावसहित हिड्ने सबैभन्दा लामो तथा ठूलो मध्यमा मिथिला परिक्रममा सहभागी भएपछि बिशेष फल प्राप्ति हुने धार्मिक मान्यता रहेका कारणले प्रौढ तथा ज्येष्ठ नागरिकहरु तथा महिलाहरु उल्लेख्य संख्यामा सहभागी हुने गरेका छन् ।

१५ दिनसम्म हिड्ने मिथिला परिक्रममा सहभागिहरु फागु पूर्णिमाका एक दिन अगावै जनकपुरधाम आएर पञ्चकोही अन्तरगृह परिक्रममा गरेर आ–आफ्नो घर गएर होली खेल्ने चलन रहेको छ । नेपाल भ्रमण बर्ष चलिरहेको बेलामा १५ दिने मध्यमा मिथिला परिक्रमाले थप पर्यटन प्रबद्र्धनमा मद्दत गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button