तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा जिप दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

दैलेख दुल्लु । दुल्लु नगरपालिका वडा ५ देउतिगढ कृर्षि डाँडामा आज बा १ झ ६५५७ नम्बर को जिप दुर्घटना हँुदा चार जना गम्भीर घाइते भएका छन ।

जीपको ब्रेक फेल भई देउतिगड कृर्षि डाँडाबाट दुई सय मिटर तल दुल्लु नगरपालिका कारयालयको भवनमा खसेको हो ।

घाइते हुनेमा चालक भैरवी गाउपालिका वडा नम्बर २ का गोकुल खत्रि, प्रधानमन्त्री कृर्षि आधुनिकिकरण परियोजना सुन्तला जोन कार्यक्रमका कर्मचारी भैरवी गापा–२ का माधव रिजाल, दुल्लु नगरपालिका ५ का सुरेन्द्र रिजाल, र वडा नम्बर ८ का बिक्रम रिजाल रहेका छन ।

घाइते चार जनाको दुल्लु अस्पतालमा उपचार भइरहेकोमा दुई जनाको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि नेपालगन्ज पठाइएको छ ।

सामान्य घाइते दुई जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button