तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा : शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्याय र पूर्व सांसद सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्नुहने स्वर्गीय उपाध्यायको क्यानसर रोगका कारण मृत्यु भएको थियो ।

त्यस्तै पूर्व सांसद सोमानी २०६४ सालमा तत्कालिन नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रिय सभाको अर्को बैठक भोली दिउसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button