तपाईँ सुन्दै हुनुहुन्छः

सिपमुलक शिक्षाको खाँचो : शिक्षामन्त्री

काठमाडौँ । सरकारले प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्च शिक्षासम्बन्धी अलग–अलग संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको जनाएको छ ।

शिक्षा पत्रकार समूहको २०औँ वार्षिक साधारणसभाका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले संविधानको मौलिक हकमा शिक्षा बिषय समावेश हुनु, नयाँ शिक्षा नीति जारी गरिनु र नयाँ कानूनको निर्णाण हुनुले शैक्षिक रुपान्तरणको बाटो तया भएको बताउनुभयो ।

मन्त्री पोखरेलले सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा सम्मेलनको आयोजना गरी आफ्ना शैक्षिक मुद्दा आफै तयार गर्न निर्देशन पनि दिनुभयो ।

हरेक स्थानीय तहमा भएका शिक्षाका असल अभ्यासलाई नेपाली समाजको मूल प्रवृत्ति बनाउनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले परिवर्तित सन्दर्भमा शिक्षा विकासका लागि नयाँ योजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा।उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षासहित आयोगले शिक्षामा २५ बर्षे दीर्घकालीन सुधारको खाका तयार गरिरहेको जानकारी दिनुभयो ।

त्यसैगरी शिक्षाविद् केदारभक्त माथेमा र डा.बिद्यानाथ कोइरालाले शिक्षामा समुदायको अपनत्व स्थापित नभएसम्म सार्वजनिक शिक्षामा रुपान्तरण नहनेमा जोड दिनुभयो ।

समूहले वार्षिकोत्सवका अवसरमा सार्वजनिक शिक्षाको रुपान्तरणमा योगदान पुर्याउनुहुने काठमाडौँको नील बाराही माविका प्रधानाध्यापक डा जानुका पौडेल नेपाल, बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु र रुपन्देहीस्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई सम्मान गरेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button