तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य स्थिर रहेको छ । सुन तोलामा अहिलेसम्मकै उच्च मूूल्य ७६ हजार पाँच सय रहेको छ । छापावाल सुन सोमबार पनि साढे ७६ हजार तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आइतबारकै मूल्यमा किनबेच भइरहेको छ । तेजाबी सुन तोलाको ७६ हजार दुई सय रुपैयाँ छ । सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी ८९० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button