तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखसँग यूएनडिपिका प्रतिनिधि र नर्वेका राजदुतको शिष्टाचार भेट 

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग आज नेपालका लागि संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबे र नेपालका लागि नर्वेका राजदुत लस्से  ब्जोम जोहानेसनले आज छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएकोछ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडिपिका प्रतिनिधि आईसाने र राजदुत लस्से  ब्जोम जोहानेसनले सभामुख सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटमा सभामुख सापकोटाले युएनडिपिका प्रतिनिधि आईसानेसँग नेपाल सन १९५५ मा संयुक्तराष्ट्रसंघको सदस्य भए नै सहकार्य जारी रहेको स्मरण गर्दैे युएनडिपिले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रमा काम गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


यस्तै नेपालका लागि नर्वेका राजदुतलस्से  ब्जोम जोहानेसनसँगको भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक बिकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

भेटमा राजदूत जोहानसनले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आफसी समझदरीमा अगाडी बढ्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button