तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले लिम्पियाधुरासम्म समेटिएको नक्सा छिटो सार्वजनिक गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौँ । नेपालको भूमी लिपुलेकदेखि लिम्पियाधुरा समेटिएको नक्सा सरकारले सकेसम्म छिटो सार्वजनिक गर्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।

पुर्व सांसद मञ्च नेपालले आज काठमाडौँमा आयोजन गरेको नेपाल भारत सिमा समस्या र समाधान बिषयक अन्र्तक्रियामा विज्ञहरुले सरकारले पुराना दस्तावेज र नक्साहरु अध्ययन गरी नयाँ नक्सा बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले सिमा समस्यामा देखिएका यस्ता बहस नेपालमा मात्रै नभई नेपाल भारतको बीचमा छलफल गरी समस्या समाधान खोजिनुपर्ने बताउनुभयो ।

लिम्पियाधुरासम्म समेटिएको नक्सा सार्वजनिक गरी राज्यले आफ्नो दायित्व पुरा गर्न नसकेको भन्दै त्यसका लागि सबै पक्षको दवाव आवश्यक रहेकोमा समेत विज्ञहरुले जोडदिनुभयो ।

कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठ, पुर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, बरिष्ठ पत्रकार भैरव रिसाल, पुर्वसचिव तथा अनुसन्धानकर्ता द्धारिकानाथ ढुंगेल लगायतका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button