तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट नवनियुक्त कानूनमन्त्री तुम्बाहाङफेलाई शपथ

काठमाडौँ । राष्टपति विद्यादेबी भण्डारीले नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद एवम् पूर्व उपसभामुख डा.शिवमायाँ तुम्बाहाङफेलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

राष्टपति कार्यालय शितल निवासमा आज आयोजित समारोहकाबीच राष्टपति भण्डारीले नवनियुक्त मन्त्री डा.तुम्बाहाङफेलाइ पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुुर पुन,प्रधानमन्त्री के.पी शर्मा ओली, प्रतिनिधीसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button