तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

धनगढी । घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशीको चौथो सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सोमबार ट्रफी सार्वजनिक गरेको छ ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले सोमबार आयोजित पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि लगभग सबै तयारी पुरा भएको जनाएको छ ।

धनगढी रगशालामा फागुन ९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमति क्लब र भारतको कन्चनजंगा एफसीबीच हुनेछ । जसको विजेताले सेमिफाईनल प्रवेशको लागि सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्ने छ । जुन खेल फागुन १३ गते हुनेछ ।

प्रतियोगितामा दुई विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया र दोस्रो हुने टोलीले १० लाख १ रुपैँया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button