२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘मिर्मिर कपालैमा’ लिएर आउनुभयो घोरासैनी

रेडियो नेपाल २०७६ फागुन ६ गते ७:३४

काठमाडौंँ-गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराउनुभएको छ । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराउनुभएको हो । आफ्नै शब्द, स्वर र सङ्गीतमा उहाँले ‘मिर्मिर कपालैमा’ ल्याउनुभएको हो । ‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिनुभएको छ ।

गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताउनुभयो ।  यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो…’ बोलको गीत ल्याउनुभएको थियो । त्यसबेला यो गीत लोकप्रिय भएको थियो । उहाँले थुप्रै गीतहरूमा स्वर पनि दिनुभयो तर उहाँको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन ।

उहाँले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याउनुभएको छ । काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गर्नुभयो । गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गर्नुभएको छ । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गर्नुभएको छ । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।

सम्बन्धित